Breaking News
नदी कटान र बाढीको निरीक्षणका लागि प्रचण्ड चितवनमा,मेघौली र माडी जाने
०

चितवन, असार २७-
नेकपा अध्यक्ष एवंम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड बाढीको अनुगमनका लागि चितवन आएका छन् । चितवनको मेघौली र माडीमा उनले स्थलगत निरीक्षण गर्नेछन् ।
पार्टी विवाद समाधानमा काठमाडौँमा वार्तामा व्यस्त रहेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा बाढीको अनुगमनका लागि चितवन आएका हुन् । प्रचण्डले नारायणी र राप्ती नदिले कटान गरेको क्षेत्र र माडीका विभिन्न खोला र डुबान क्षेत्रको निरीक्षण गर्नेछन् ।
गत विहीबारदेखि परेको निरन्तर बर्षाको कारणले चितवनका विभिन्न क्षेत्र जलमग्न बनेका छन् । बाढीले बगाएर आज मात्र माडीमा एक जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























