समाचार

चौतर्फी आलोचनापछि जी–न्युजका प्रधानसम्पादकले दुःख व्यक्त गर्दै हटाए नेपालबारे गरेको ट्विट

Banner

काठमाडौँ, असार २६–

भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’का प्रधानसम्पादक सुधिर चौधरीले आवेशमा आएर लेखेको भन्दै नेपालबारे लेखेको ट्विट हटाएका छन् ।

नेपालको राष्ट्रियतामाथि आँच आउने गरी नेपालबारे तथ्यहीन सामग्रीहरु प्रसारण गरेको तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा अनर्गल प्रचारवाजी गरेको भन्दै विदेशी च्यान वितरण मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबारदेखि दूरदर्शनबाहेक सबै भारतीय न्यूज च्यानल बन्द गरेका थिए।

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिए लगत्तै चौधरीले ट्वीटरमा लेखेका थिए, ‘नेपालले भारतका न्यूज च्यानल बन्द गरेको छ। यो देश त भारतका न्यूज एंकरहरुसँग नै डरायो। सेनाको आवश्यकता नै परेन।’

चौधरीको ट्वीटको चौतर्फी आलोचना भएपछि उनले आफ्नो उक्त ट्वीट हटाएका छन्।

‘मेरो यस ट्वीटबाट नेपालका हाम्रो दर्शकलाई चोट पुगेको छ। यहाँ भारतमा पनि धैरै जनाले मलाई मेरो उक्त विचार ठिक नभएको बताए। मैले यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ। यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुर्‍याउनका लागि होइन। यसकारण दुःख व्यक्त गर्दै यस ट्वीटलाई हटाउँदै छु’, चौधरीले ट्वीटरमा लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>