समाचार
यथास्थितिमा गाडी नचलाउने सार्वजनिक यातायात केन्द्रीय महासंघको घोषणा
०

काठमाडौं, असार २६-
यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने सार्वजनिक यातायात केन्द्रीय महासंघले घोषणा गरेको छ।
महासंघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ। महासंघले पाँच बुँदे माग अघि सार्दै ति माग पुरा नभए सरकारलाई नै चाबी बुझाउने बताएको छ ।
महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले हचुवाका भरमा यातायात सञ्चालन नगर्ने बरु सरकारलाई चाबी बुझाउने घोषण गरे।
महासंघको मागमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























