Breaking News

सप्तकोशीमा पानीको बहाब उच्च, ३८ वटा ढोका खोलियो

Banner

सप्तरी, असार २६

सप्तकोशी नदीमा पानीको बहाव उच्च विन्दु पार गरेको छ । आज (शुक्रबार) बिहानबाट पानीको बहाव उच्च भएको हो ।
पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिए ।

खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको खडकाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>