Breaking News

नारायणीमा पानीको बहाब बढ्यो, नवलपरासीको बर्दघाट क्षेत्र उच्च जोखिममा

Banner

नवलपरासी, असार २६–

नारायणी नदीमा पानीको बहाब बढेसंगै नवलपरासीको बर्दघाट क्षेत्र बाढीको उच्च जोखिममा परेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासीको बर्दघाट, कास्कीको पोखरा र लम्जुङका बेसिशहर, खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । अहिले यी क्षेत्रमा जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ । महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित पानी पर्ने जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तस्विरः इश्वर कुमार जोशी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>