नवलपरासी

कर छुट गर्न नवलपरासीका सिलाई व्यवसायीहरुको माग

Banner

नवलपरासी, असार २४–

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले लकडाउनको अवधिभर तिर्नुपर्ने सम्पूर्ण कर छुट गर्न माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै संघले यस्तो माग गरेको हो ।

संघले ब्यवसाय सञ्चालन गर्न लिएको बैंक कर्जाको ब्याजमा विशेष छुटको ब्यवस्था गर्न, लकडाउन भरिको घरभाडा मिनाहा वा ५० प्रतिशत छुटको ब्यवस्था गर्न, यस पेशामा संलग्न रहेका सबै सिलाई मजदुरहरुको दैनिक जिवन निर्वाहको विशेष राहतको ब्यवस्था गर्न तथा बैंकको ब्याज छुट गरि किस्ता तिर्ने समय सिमा आगामि माघ महिनासम्म ब्यवस्था गर्नलगाएतको माग राखिएको नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष जोगेन्द्र प्रसाद हरिजनले बताए ।

बुधबार अध्यक्ष हरिजन र जिल्ला सचिव सन्तोष गौतमसहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>