स्वास्थ्य
हावाबाट पनि कोरोना सर्ने प्रमाण भेटियोः डब्ल्युएचओ

एजेन्सी,असार २४-
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाणित भएको स्वीकार गरेको छ । यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताउँदा त्यसलाई अस्विकार गरेको डब्ल्युएचओले अहिले भने हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पारेको जनाएको हो ।
डब्ल्युएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको र यसको अध्ययन अहिले पनि जारी रहेको बताएकी छन् । डब्ल्युएचओले खागारी भीडभाडका ठाउँमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने अवस्थालाई अस्विकार गर्न नसकिने जनाएको छ ।
डा.मारियाले कोरोनाको प्रसार रोक्न ठूलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउँदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन ।






















