Breaking News
नेकपाले काँग्रेससँग नजिक देखिएर गुट तर्साउने धन्दा गर्योः गगन थापा

काठमाडौँ,असार २१ –
नेपाली काँग्रेसका युवा नेता गगन थापाले काँग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुट विवादमा एकले अर्कोलाई तर्साउने काम बन्द गर्न चेतावनी दिएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै गगन थापाले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सहयोग मागेको र विभिन्न मन्त्रालय अफर गरेको भन्ने चर्चा चलिरहेका बेला यस्तो टिप्पणी गरेका हुन् ।
उनले जनताले नेकपालाई ५ बर्ष सरकार चलाउन र काँग्रेसलाई प्रतिपक्षको भूमिकामा रहने म्यान्डेट दिएको भन्दै यसमा काँग्रेस स्पष्ट रहेको बताएका छन् । गगनले काँग्रेससँग नजिक देखाएर एक गुटले अर्कोलाई तर्साउने धन्दामा लग्नु मतादेशको अबमुल्यन भएको बताएका छन् ।
उनले भनेका छन्ः जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन् । यसमा हामी स्पष्ट छौं । कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो । प्रवृति फेर, धन्दा छोड ।






















