चितवन विशेष
लायन्स नारायणगढ बालकुमारीको पद हस्तान्तरण

चितवन, असार २१–
लायन्स क्लव अफ नारायणगढ बालकुमारीको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । आज (शनिबार) नारायणगढमा एक कार्यक्रमकाबीच वर्ष २०१९/२० को कार्यसमितिले वर्ष २०२०/२०२१ को कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्ट रहेका थिए । यस्तै एरिया कोअडिनेटर प्रभाकर पण्डित र रिजन चियर पर्सन दिनानाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो । क्लवका अध्यक्ष ईन्जिनियर हरिराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम क्लवका पूर्व अध्यक्ष नेत्र प्रसाद आचार्यले संचालन गरेका थिए ।
क्लवको स्थापनादेखि हालसम्मका आरोह अबरोहको संक्षिप्त जानकारी संस्थापक तथा पूर्व अध्यक्ष टेकबहादुर थापाले गराएका थिए भने पदिय दायित्वको बारेमा क्लबकै पूर्व अध्यक्ष ईन्जिनियर ईश्वर राजभण्डारीले प्रकाश परेको क्लवका सचिव शेरबहादुर पौडेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि भट्टले वर्ष २०१९/२०२० को टिमले गरेका ठूण्ला र दिर्घकालिन कार्यक्रमहरुको तारिफ गर्दै लायन्स क्लव अफ नारायणगढ़ बालकुमारीको डिष्ट्रिक्ट र स्थानीय क्षेत्र स्थापित गरेको नामलाई २०२०/२०२१ को कार्यसमिति थप उचाईमा लैजानेमा विश्वास व्यक्त गर्दै बधाई ज्ञापन गरेका थिए ।
























