Breaking News

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भनेः–‘पार्टी संकटमा छ, तपाईहरु कुन कित्तामा जाने हो सोच्नु होला’

Banner

काठमाडौं, असार २०–

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) साँझ मन्त्री र राज्यमन्त्रीहरुसंग परामर्श गरेका छन् ।

उनले आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र हुन लागेको भन्दै यस्तो बेला तपाईहरु कता तिर जाने हो कित्ता क्लियर गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीको भनाईलाई उदृत गर्दै एक मन्त्रीले भने–‘पाटी संकटमा छ, जुनसुकै बेला जे पनि हुन सक्छ, तपाईहरु कुन कित्तामा जाने हो सोच्दै गर्नुहोला ।’

उनले आफूले केही दिनमा पुनः मन्त्रीहरुसंग छलफल गर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको एक मन्त्रीले भने ।

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसंग छलफल गरेपछि मन्त्रीहरुसंग परामर्श गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>