समाज

कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले ११ किलोमिटर बाटो मर्मत गर्‍यो

Banner

काठमाडौं,असार १८-

सशस्त्र प्रहरी बलको छाङ्रुस्थित बोर्डर आउट पोस्ट (बिओपी)ले छाङ्रुदेखि तिङ्कर भन्ज्याङ जाने करिब ११ किलोमीटर गोरेटो बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरी निरीक्षक लिलि बहादुर चन्दको टोलिले स्थानिय जनता संगको सहकार्यमा सुक्खा तथा हिउँ पहिरो हटाएर गोरेटो बाटो सुचारु गराएको हो ।

सुख्खा पहिरोका कारण लामो समय देखी सो गोरेटो बाटो बाट आवत जावत बन्द भएको थियो । सशस्त्रले बाटो सुचारु गराए पछि स्थानिय जनता खुशी भएका छ्न् । बाटो मर्मत पछि सदरमुकाम बसाइ सराइ गरि आएका तिंकरका बासिन्दा गाउं फर्कन, चौपाया तथा खाध्यान्न लैजान समेत सहज भएको छ ।

यस्तै १७.४५ किलोवाटको छाङ्रु जलविद्युत आयोजनाको नहर समेत सशस्त्र प्रहरिले मर्मत गरेको छ । हिउँ पहिरोका कारण ठाउँ ठाउँमा भत्किएको सो नहरको हिउँ पन्छाएर जलविद्युत सेवा सुचारु गर्न सशस्त्र प्रहरिले सहयोग गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>