स्वास्थ्य

प्रयोगशाला विस्तार गरेर परीक्षणको दायरा बढाउँछौंः मन्त्री ढकाल

०
Banner

काठमाडौं, असार १६–

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अवको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण गरिने बताउनु भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उहाँले अहिले २३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको र चाँडै थप १० वटा प्रयोगशाला स्थापना गरेर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको जानकारी दिनुभयो । मन्त्री ढकालले अहिलेसम्म देखिएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र छ प्रतिशत समुदायस्तरमा सङ्क्रमण फेला परेको पनि बताउनुभयो ।

उहाँले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताउनुभयो ।

रेडक्रस सोसाइटी र फाउण्डेसनले सात वटा भेन्टिलेटरसहित, मास्क, चश्मालगायत करिब रु एक करोड ५७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>