समाचार
गुल्मीमा थपिए ३७ जना संक्रमित, कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुग्यो
०

गुल्मी, असार १६-
गुल्मीमा आज (मंगलवार) ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।
नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ । ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























