नवलपरासी

नवलपरासीमा पनि देखियो सलह किरा

Banner

नवलपरासी असार १३-

नवलपरासीमा पनि सलह किरा छिरेको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ सुखौरामा सलह किरा देखिएको हो । अहिले सुखौरा क्षेत्रमा रहेको रहर खेती संगै मकैबाली र रुखहरुमा सलह किरा वसिसकेको छ । एकाएक सलह किरा आए खेतीमा बसेपछि किसानहरु चिन्तित बनेका छन् ।

करिव ४ बजेको समयमा सुखौरामाथीको आकासमा सलह किरा देखिएको र लगत्तै त्यस क्षेत्रका रुखहरु संगै रहर र मकै बालीमा सलह बसेको स्थानिय अमर श्रीस मगरले जानकारी दिनुभएको छ । सलह दक्षिण तिरबाट प्रवेश गरेको मगरले बताए । पश्चिम नवलपरासी पनि भारत संग जोडिएको जिल्ला भएकोले पनि भारतबाटै किरा प्रवेश गरेको हो ।

सुखौरा बर्दघाट नगरपालिकाको पहाडि क्षेत्र हो । जिल्लाको आकासमा यतिखेर सलह किराहरु उडेको प्रष्ट देख्न सकिन्छ । छिमेकी जिल्ला रुपन्देहीमा पनि सलह किरा देखापरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>