कालिका

रोटरीको स्पाउज क्लबद्वारा खाद्यान्न वितरण

Banner

चितवन, असार १३-

स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले शुक्रबार कालिका नगरपालिका–१० मा अवस्थित शेरेबाङका ३० चेपाङ घरधुरीलाई  खाद्यान्न सामग्री वितरण गरेको छ ।

नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधान र गामबेसी चेपाङ संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्माको विशेष उपस्थितिमा क्लबका अध्यक्ष शान्ति उपाध्याय पौडेलले उक्त समुदायलाई चामल ६६० केजी, तेल ३० लिटर, नुन ३० केजी, सोयाबिन १३० पोका, दाल ६० केजी गरी करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरेकी हुन् ।

रोटरी अन्तर्राष्ट्रियको भगिनी संस्था नारायणगढ रोटरी क्लबद्वारा स्थापना गरिएको स्पाउज क्लबले विश्वभर माहामारीको रूपमा पैmलिरहेको कोरोना र यसले सिर्जना गरेको कठिन परिस्थितीमा उक्त स्थानका दैनिक ज्यालादारी गर्ने मजदुरको दयनीय अवस्थालाई मध्यनजर गरी खाद्यान्न वितरण गरिएको स्पाउज क्लबका अध्यक्ष शान्ति उपाध्यायले बताइन् । कोरोनाको प्रभावका कारण खाद्यान्न समस्या भोगिरहेका चेपाङ समुदायलाई केही दिनका लागि भने पनि राहत पुग्ने भएकोले आज खाद्यान्न वितरण गरिएको नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधानले बताए । आप्mनो दैनिक खर्चलाई कम गरेर भए पनि सदस्यबाट रकम संकलन गरी राहत वितरणको लागि सहयोग जुटेको कार्यक्रम संयोजक सम्झना प्रधान तथा सहसंयोजक इन्दु श्रेष्ठले बताए ।

नारायणगढ रोटरी क्लबले विगत केही वर्षदेखि चेपाङ समुदायको जीवनस्तर उकास्न चेपाङ जाति  बसोबास गर्ने विभिन्न ग्रामीण भेगमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको गामबेसी संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्माले बताए । त्यसैगरी लकडाउनको अवस्थामा समेत अतिविपन्न चेपाङ परिवारहरूको खाद्यान्न संकट टार्नका लागि गत जेठ २२ गते मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका, वडा नं ५ का ४० घर परिवारलाई राहत वितरण गरेको शर्माले स्मरण गराए ।

सो राहत वितरण कार्यक्रममा स्पाउज क्लबका उपाध्यक्ष मनसा थैव, सदस्यहरू पूर्णिमा श्रेष्ठ, सुरक्षा श्रेष्ठ, प्रविणा श्रेष्ठ, बन्दना पिया, निलिमा प्रधान, नीरा श्रेष्ठ, दुर्गा श्रेष्ठ, भगवती लामिछाने, सरिता खनाल, राजकुमारी श्रेष्ठ, शान्ति श्रेष्ठ, विनिता नेपाल, नारायणगढ रोटरी क्लबका निवर्तमान अध्यक्ष रमेश पौडेल, पूर्वअध्यक्षहरू रोहितकुमार श्रेष्ठ, सुमनकुमार श्रेष्ठ, रमेश श्रेष्ठलगायत एनेट स्वस्तिका पौडेलको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>