Breaking News

सर्वोत्तम सिमेन्ट गुणस्तरहिन, गुणस्तर विभागले गर्‍यो कारवाही

Banner

काठमाडौं, असार १२–

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहिन उत्पादन गरेको भन्दै सर्वोत्तम सिमेन्टलाई कारवाही गरेको छ ।

तोकिएको गुणस्तर पुरा नगरेको भन्दै विभागले सर्वोत्तम सिमेन्टसहित चार सिमेन्ट उद्योगलाई कारवाही गरेको छ ।

विभागले विभिन्न समयमा संकलन गरिएको सिमेन्टको नमुना प्रयोगशालमा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो।

विभागकाले गुणस्तर प्रमाणपत्र ऐन तथा नियमावलीअनुसार कारबाही गरिएको जानकारी दिएको छ। यी मापदण्ड पुरा नगरी कारबाही पर्ने कम्पनीहरुमा रिलायन्स सुपरटेक सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, अग्नी सिमेन्ट, सर्वोत्तम सिमेन्ट छन्। त्यस्तै एभरेष्ट ग्यास र कमल रोलिङ मिल्स रहेका छन्।

यसरी मापदण्ड पुरा नगरेका कम्पनीहरुको गुणस्तर प्रमाण चिन्ह स्थगन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>