चितवन विशेष

गोन्द्राङबाट ढाट हट्यो, पूर्वीचितवनबासीलाई राहत

Banner

चितवन, असार १२–

पूर्वीचितवनबासी सदरमुकाम भरतपुर पुग्न जहिल्यै एउटा समस्या भोग्दै आइरहेको थिए । भरतपुर प्रवेशद्धार गोन्द्राङमा रहेको सडक दस्तुर संकलन केन्द्र (ढाट) कारण पूर्वीचितवनबासी शुल्क बुझाउनु पर्दा हैरान भएका थिए । आफ्नै जिल्ला भित्र हिड्दा पनि सडक दस्तुर तिर्नपछि पूर्वीचितवनबासीले वर्षौदेखि ढाट हटाउउन आवाज उठाइरहेका थिए । तर उनीहरुको आवाज कसैले सुनेनन् । गतवर्ष जेठ ३ गते आक्रोशित एक समूहले ढाटमै ढुंगामुढा प्रहार गर्नुको साथै आगजनिको प्रयास नै गर्‍यो । यो घटनाले बल्ल सबैको ध्यानाकर्षण हुन पुग्यो र अन्ततः यसवर्षदेखि औपचारिक रुपमै सो ढाट गोन्द्राङबाट हटेको छ ।

जिल्लाका स्थानीय तह, राजनीतिक दल र व्यवसायीहरुको चौतर्फी दवाबपछि अन्ततः सरकारले ढाडलाई मनहरी गाउँपालिका–६ लोथरमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । सडक बोर्ड नेपालको असार ४ गते बसेको १५० औं बैठकले सो ढाट गोन्द्राङबाट मनहरी गाउँपालिका–६ लोथरमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

रत्ननगर उद्योग वाणिज्य संघले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी ढाट स्थान्तरण गरिएको बारेमा औपचारिक रुपमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा ढाट स्थानान्तरण गर्ने निर्णयको व्यहोरासहित सडक बोर्ड नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय चितवन, भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकालाई पठाएको पत्र पत्रकार सम्मेलनमा उपलब्ध वितरण गरिएको थियो ।

असार ४ गतेबाट सो ढाट गोन्द्राङबाट हटेको र कोरोना भाइसरको प्रभाव सामान्य भएपछि ढाट लोथरबाट सञ्चालन हुने पत्रमा उल्लेख छ । पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनाल, रत्ननगरका नगर प्रमुख नारायण वन सहभागि भएका थिए ।

रत्ननगर उवासंघ संघका अध्यक्ष राजाराम रेग्मीले ढाटको विरोध गर्दा सार्वजनिक अपराधको मुद्धा खेप्नु परेको भन्दै मुद्धा खेपेर भएपनि पूर्वी चितवनबासीले झेल्दै आएको समस्या अन्त्य हुँदा खुसी लागेको बताए ।

२०७६ जेठ ३ गते ढाट स्थानान्तरणको विषयमा विवाद हुँदा सो ढाटमा अपरिचित व्यक्तिले तोडफोड र आगजनी गरेपछि संघका अध्यक्ष राजाराम रेग्मी सहित ९ जना विरुद्ध सार्वजनिक अपराधको मुद्धा लागेको थियो । घटनामा एकजना महिला प्रहरी घाइते समेत भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>