अन्तर्राष्ट्रिय

बेलयातमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु

Banner

काठमाडौँ, असार ११-

जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलयातमा सुरु भएको छ ।

स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् ।

परीक्षणमा सहभागी हुने व्यक्तिहरुलाई हाल ‘इम्युनाइज्ड्’ गर्न थालिएको हो । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरुको नेतृत्वमा परीक्षण सुरु भएको हो । झण्डै ३०० जनालाई आउँदा हप्ताहरुमा कोरोना भाइरसविरुद्धको सम्भावित खोप दिइने छ ।

अक्सफाोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारिरहेको खोपको मानवीय परीक्षण भने यसअघि नै सुरु भएको थियो । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरु जुटेका छन् । अहिलेसम्ममा कोरोना भाइरसविरुद्धका सम्भावित १२० खोपमा काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>