नवलपरासी

नवलपरासीमा तस्करी मौलाउँदै, ५० हजारको सामान बरामद

Banner

सहबान अन्सारी

नवलपरासी, असार १०–

नवलपरासीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिमानाकामा सय–सय मिटरमा सशस्त्र प्रहरी परिचालन भए पनि खुल्ला रुपमा तस्करी भइरहेको पाइएको छ।

यसै क्रममा बुधबार गुठी परसौनी प्रहरी चौकी इन्चार्ज घनश्याम रिमालको नेतृत्वमा खटिएको टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवामा भारतबाट अबैधरुपमा ल्याउदै गरेको करिब ५० हजार बराबरको प्लास्टिकको रस्सी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिएको रस्सी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइने प्रहरीले जनाएको छ ।

जिल्लाको सबै सिमा नाकामा मानिसहरुलाई आवत जावतमा पूर्ण रुपमा रोक लगाइए पनि सशस्त्र प्रहरीकै उपस्थितिमा तस्करी भइरहेको प्रहरीले आशंका गरेको छ ।

तस्करहरु दिनहुँ खुल्ला रुपमा युरिया मल, चिनी, किटनाशक औषधी, विभिन्न किराना सामानहरु नेपाल ल्याई महँगो मूल्यमा बिक्री बितरण गरिरहेको स्थानीय बताउँछन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>