Breaking News
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो
०

काठमाडौं, असार ९–
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । पछिल्लो पटक दैलेखका एक पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
आज (मंगलबार) नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.गौतमले दैलखका ४५ वर्षीय पुरुषको सुर्खेतको आइसोलनमा मृत्यु भएको जानकारी दिए । ती पुरुषको हिजो (सोमबार) मृत्यु भएको बताए । ती पुरुषको असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी क्षयरोग र दमको बिरामी भएको प्रवक्ता डा.गौतमले बताए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
फोटोः फाइल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















