अर्थ
बल्ल घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
०

काठमाडौं, असार ९-
नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ ।
सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज भने ४ सय रुपैयाँले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार १६० रुपैयाँमा आएको छ ।
यता, चाँदीको मूल्य भने प्रतितोला ९४० रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य भने प्रतितोला ९५० रुपैयाँ थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























