Breaking News

भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज

Banner

चितवन,असार ९-

भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् । उनीहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज मंगलबार घर जाँदै छन् । १९ जना डिस्चार्ज भएपछि अस्पतालमा अब ११ जना उपचाररत छन् । यसअघि अस्पतालबाट उपचार पाएर ९ जना संक्रमित फर्किएका थिए । एकजनाको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठन र डब्लुएचओको गाइडलाइन अनुसार लक्षण नदेखिएका र १४ दिन कटेकाहरुलाई अस्पतालले डिस्चार्ज गर्ने गरिएको छ । ‘उनीहरुलाई थप १४ दिनसम्म घरमा छुट्टै बस्न भनिएको छ । अस्पतालमा कोरोना संक्रमित ४० जनाले उपचार गराएका छन् । संक्रमितहरुलाई अस्पतालको सर्जिकल वार्डमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>