समाचार

नेपालमा संघीयता आएकै छैन भन्दै दीपक मनाङेले दिए विकास समितिबाट राजीनामा

Banner

कास्की, असार ८-

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिका सभापति दीपक कोइरालालाई आइतबार राजीनामा बुझाएको उनले बताए ।

उनले राजीनामाको पत्र आइतबार समितिका सभापति दीपक कोइरालालाई बुझाएका छन् । उनले आफू पदमा रहेपनि अधिकारको प्रयोग गर्न नपाएको भन्दै राजीनामा दिएको बताएका छन् । मनाङ्गेले क्रसर उद्योग, विकास निर्माणमा भएको अनियमितता बारेको कुरा उठाउँदा कुनै सुनुवाइ नभएको पनि गुनासो गरे ।

उनले अनियमितताको विषयलाई उठाउँदा सुनुवाइ नभएको, समितिमा रहेर काम गर्न नसकेको भन्दै राजीनामा दिएको बताएका छन् । समितिको अध्यक्ष युवा नै भएको र काम गर्न खोजे पनि उनको मात्रै नचल्ने सांसद गुरुङको भनाइ छ ।

सा‌सद मनाङ्गेले कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा कुरा उठाएको बताएका थिए । क्रसर उद्योगले गरेको मनोमानी सबैले देखेको भएपनि कसैले केहि गर्न नसकेको भन्दै उनले यसमा प्रदेश सरकारकै मिलेमतो रहेको पनि आरोप लगाए ।

संघीयताको मर्मविपरित् प्रदेशका मन्त्री माथिबाट चुनिएर आउँदा प्रदेश सांसदले मन्त्री चुन्ने आफ्नो अधिकार प्रयोग गर्न नपाएको उनको दाबी छ । ‘नेपालमा संघीयता आएकै छैन,’ उनले भने, ‘चाहिने, नचाहिने मान्छेलाई माथिबाटै मन्त्री र सांसद तोकेर पठाएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>