समाचार

पर्यटनमन्त्री भट्टराई बोलिरहँदा पोर्न भिडियो बजेपछि…

Banner

काठमाडौँ, असार ८ –

पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई ‘जुम एप’ मार्फत भर्चुअल बैठकमा बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको छ ।

जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्न थाल्यो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो गतिविधि भएको हो ।

कोरोना महामारीपछि जुम एप’ मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ । तर जुम एपको सुरक्षात्मक पाटो कमजोर रहेको भन्दै आइटीका जानकारहरुले यसको प्रयोग नगर्न चेतावनी दिँदै आएका छन् ।

मन्त्री भट्टराईले बोल्दै गर्दा पोर्न भिडियो प्ले भएपछि आयोजकले तत्कालै जुम मिटिङको अन्त्य गरेका थिए ।

उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>