समाचार
पसलमा आउने क्रममा खोलाले बगाउँदा वृद्धाको मृत्यु
०

पाल्पा, असार ८-
रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।
मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो । खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको वडाध्यक्ष रेग्मीले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























