समाचार

कनकाई नगरको बजार क्षेत्रमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि बन्द

Banner

झापा, असार ८–

कोरोना भाइरसको संक्रमण देखिए पछी कनकाई नगरपालिका क्षेत्रका बजार पाँच दिनका लागि बन्द गर्न आह्वान गरिएको छ ।

नगरले सूचना जारी गर्दै आवश्यक कन्ट्याक ट्रेसिङ गर्नु पर्ने भएकाले सबै वडाका बजार, पसलहरु, शैक्षिक संस्था, नगर क्षेत्रका कार्यलय, वडा कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले आग्रह गरेको छ ।

नगरले सोमबार दिउँसो १२ बजेदेखि असार १३ गते शनिबार रातको १२ बजेसम्मलाई स्वास्थ्य बाहेक सबै क्षेत्रलाई बन्द गर्न अनुरोध गरेको छ ।

नगरभित्र चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र समुदायमा समेत फैलिएको हुनसक्ने संभावनालाई ख्याल गर्दै नगरले बन्दको आव्हान गरेको हो ।

स्वास्थ्यमा अत्यावश्यक सेवा र निर्माण क्षेत्रका सवारीलाई भने नगरले छुट दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>