नवलपरासी

प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्मालाई मन्त्री त्रिपाठीले दिए श्रद्धाञ्जली

Banner

वलपुरपरासी, असार ६–

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले प्रतापपुर गाउँपालिकाका अध्यक्ष स्वर्गीय राजकुमार शर्माको सातौँ दिनको पुण्य तिथिमा उनकै निवास त्रिवेणीमा पुगी श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

मन्त्री त्रिपाठीले स्वर्गीय शर्माको निधनको खबरले आफू स्तब्ध भएको बताउँदै समाजसेवी, बुद्धिजिवी शर्मा प्रतापपुर गाउँपालिकाको विकास निर्माणमा सक्रिय रुपमा लागेको चर्चा गरे । शर्माको निधनले प्रतापपुरबासीमा निराशा उत्पन्न गराएको भन्दै शर्माले गर्न बाँकी रहेका काम र उनको मार्ग निर्देशनलाई आत्मसाथ गर्दै सबैले सक्रिय भई पुरा गर्नुपर्नेमा जोड दिए । मन्त्री त्रिपाठीले आफ्नो ठाउँबाट आफूले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

श्रद्धाञ्जली अर्पणका लागि प्रदेश नम्बर ५ की कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश नम्बर ५ का सासंद दिपेन्द्र कुमार अधिकारी, अजय शाही, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याललगायत पुगेका थिए । शनिबार गृहजिल्ला नवलपरासी आएका मन्त्री त्रिपाठीले श्रद्धाञ्जली पश्चात आफ्नो निवासमा जिल्लाका नेता, कार्यकर्ता, शुभेच्छुकलगाएत स्थानीयबासीसंग जिल्लाको गतिविधिका बारेमा समेत छलफल गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>