Breaking News

खैरहनीको निती तथा कार्यक्रमः कृषिलाई प्राथमिकता, युवालाई निव्याजी ऋण

Banner

चितवन, असार ६–

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि निती तथा कार्यक्रम ल्याएको छ ।

शनिबार सुरु भएको सातौ नगर सभामा बोल्दै नगर प्रमुख लालमणि चौधरीले युवाहरुलाई कृषिमा आकर्षित गर्ने गरी कार्यक्रम ल्याइएको नगर जानकारी दिए । कृषि पेशा गर्न चाहने युवाहरुलाई नगरपालिकाले निव्याजी ऋण प्रदान गर्ने निती लिएको छ । घुम्ती रिफण्ड कोष मार्फत उनीहरुलाई ऋण उपलव्ध गराईने नगर प्रमुख चौधरीले बताए ।

त्यस्तै स्वास्थ्य, शिक्षा, माछापालन, मौरीपालन, केराखेती, उद्योग, पर्यटन, वातावरणलगायतलाई समेत नगरपालिकाले क्रमशः प्राथमिकतामा पारेर योजना ल्याएको छ । निती तथा कार्यक्रममा नगर सदस्यहरुले जिज्ञासासहित राय पेश गरेका थिए । शनिबारको नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक टिकाराम तिमल्सीनाले लेखा प्रतिवेदन, न्यायिक समिति सदस्य बालकुमार उप्रेतीले सम्बन्धित समितिको प्रतिवेदन पेश गरे भने उपप्रमुख सुनिता थपलियाले नगर सभा असार १० गते सम्मका लागि स्थगित भएको जानकारी गराइन् ।

नगरपालिकाको सभाहल उद्घाटन

खैरहनी नगरपालिकाको परिसरमा निर्माण गरिएको सभाहलको उद्घाटन गरिएको छ । सभाहलको नगर प्रमुख लालमणि चौधरी र उपमेयर सुनिता थपलियाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

कुल ६७ लाख ९१ हजारको लागतमा सभाहल निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । उद्घाटन पछि सोही हलमा सातौ नगरपरिषद गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>