स्वास्थ्य

बहुउपयोगी बेसार,यस्ता छन फाइदै फाइदा !

Banner

चितवन,असार ५-

आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरेको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिन्छ । बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामलगायत तत्व प्रचुर मात्रामा पाइन्छ । बेसारलाई तरकारीमा मसालाका रूपमा प्रयोग गरिन्छ । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ ।

एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छन् । मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।

पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्यामा बेसारलाई नुनपानीमा घोलेर बिहान-बेलुका खाएमा ठीक हुन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ । बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ ।

बेसार छालाका लागि एकदमै उपयोगी हुन्छ । यसर्थ, हिजोआज बेसार सौन्दर्य प्रसाधनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउन मद्दत गर्छ । मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीको रससँग बेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>