स्वास्थ्य
यस वर्षको अन्तिमसम्ममा कोरोनाको हजारौं डोज खोप उपलब्ध हुन्छः डब्ल्यूएचओ
०

काठमाडौं,असार ५-
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरसको हजारौं डोज उपलब्ध हुने बताएको छ । यसबाट निकै कमजोर र सबैभन्दा प्रभावित मानिसहरुलाई बचाउन सकिने बताएको छ ।
अहिलेसम्म कोरोना भाइरसको कुनै खोप बनेको छैन । तर, डब्ल्यूएचओकाी वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार विश्वभर अहिले दुई सयभन्दा धेरै सम्भावनाको विषयमा काम भइरहेको र करिब १० खोपको मानिसमाथि प्रयोग चलिरहेको बताएकी छिन् । स्वामीनाथनलेले खोप निर्माण गर्नु एक जटिल काम रहेको बताउँदै यस विषयमा धेरै आशंका र धेरै राम्रो कुराहरु पनि हुने गरेको बताइन् ।
उनले एकपटकमा सफल हुन नसके फेरि फेरि पनि प्रयास गर्ने तर हार नमान्ने उनको भनाइ छ । उनले सबैकुरा सही चल्दै गएको खण्डमा यो वर्षको अन्तिमसम्ममा एक वा दुई सफल खोप आउने बताइन् । स्रोतः बीबीसी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















