Breaking News
पर्वतको कोरोना अस्पतालका खटिएका ५ स्वास्थ्यकर्मीलाई संक्रमण, आकस्मिकबाहेकका सेवा बन्द

पर्वत, असार ५-
पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल पर्वतले आफु मातहत छुट्टै कोरोना विशेष अस्पताल बनाएको छ । अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।
स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।
पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा. देवकोटाले बताए ।
पर्वत अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालका सेवा बन्द गरिएको जानकारी दिएको हो ।
























