Breaking News

चितवनका ७४ वर्षीय क्यान्सरका बिरामीले जिते कोरोना (भिडियोसहित)

Banner

चितवन, असार ५-

चितवनका ७४ वर्षीय क्यान्सरका बिरामी बृद्धले कोरोना जितेका छन् । उनीसँगै ७३ वर्षीया श्रीमतीले पनि कोरोना जितेकी छन् ।

हिजो (विहिबार) गरिएको परीक्षणमा उनिहरु दुवैको रिपोर्ट नेगेटिभ आएपछि आज भरतपुर अस्पतालले डिस्चार्ज गरेको छ । भरतपुर महानगरपालिका ६ केशरबागका उनिहरुको जेठ ८ गतेबाट उपचार थालिएको थियो । करिब एक महिना उपचारपछि उनिहरुले कोरोना परास्त गरेका छन् ।

वृद्ध अवस्थामा क्यान्सर रोगको उपचार गराएर भारतबाट नेपाल फर्कने क्रममा उनिहरु कोरोना संक्रमित बने । त्यसको २ दिनपछि छोरामा पनि संक्रमण देखियो । संक्रमित वृृद्धवृद्धाको भरतपुर अस्पतालमा उपचार भयो भने छोराको कोरोना विशेष अस्पतालमा उपचार भएर घर फर्किसकेका छन् ।

क्यान्सर रोगी वृद्धले पाँचपटक केमोथेरापीसमेत लिएका थिए । उनको एक पटकको केमोथेरापी बाँकी छ । केमोथेरापी लगाउँदा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने चिकित्सकहरू बताउँछन् । यस्तो बेला अन्य रोगको समेत संक्रमणको खतरा हुन्छ ।

कोरोनाबाट जितेपछि बृद्ध निकै खुसी देखिन्थ्ये । मनोवल उच्च बनाए कोरोना सजिलै जित्न सकिने बृद्धले बताए । उनले भने, ‘म सबै देशबासीलाई भन्न चाहान्छु, कोरोना लागिहाल्यो भने आत्तिनु हुँदैन्, मैले उच्च मनोवलका कारण नै कोरोना जिते ।’ उनले आफ्नो उपचारमा संलग्न भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकलाई धन्यबाद दिए ।

वृद्ध उमेर र क्यान्सर रोग भए पनि उहाँको आत्मबल उच्च रहेकाले रोग परास्त गर्न सफल भएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए । भरतपुर अस्पतालमा अहिले २७ जना कोरोना संक्रमित उपचारत रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । कुनै पनि संक्रमितमा जटिल समस्या नभएको उनले बताए । भरतपुर अस्पतालमा उपचारको ५ दिनमै कोरोना जितेर गर्भवती महिला घर गइसकेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>