Breaking News
सौराहाका निजी हात्ती संकटमा, चरीचरणमा समस्या

चितवन, असार ३–
चितवनका निजी हात्तीहरु संकटमा परेको छन् । कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव र चरण क्षेत्रको अभावका कारण पर्यटकीय क्षेत्र सौराहाका हात्तीहरु संकटमा परेका हुन् ।
युनाईटेड हात्ती संचालन सहकारी संस्थाले आज (बुधबार) पत्रकार सम्मेलन गरी सौराहाका हात्तीहरु संकटमा परेको जानकारी दिएको हो । संस्थाका अध्यक्ष ऋषिराम तिवारीले चितवन राष्ट्रिय निकुञ्जको छेउछामा हात्तीहरुलाई चरीचरणको व्यवस्था भएकोमा त्यो कार्यमा पनि अकस्मात रोक लगाईएको सौराहाका हात्ती संकटमा परेको बताए । उनले भने–‘विश्व संकटमा परेका बेला सौराहाका हात्ती पनि संकटमा छन्, निजी हात्ती माथिको संकट समाधन गरी हात्तीहरुको जीवन रक्षा गर्न सबैमा सहयोगका लागि आह्वान गर्दछौं ।’
सौराहामा हाल ७० वटा निजी हात्तीहरु रहेका छन् । सौराहा आउने विदेशी तथा स्वदेशी पर्यटकलाईलाई जंगल भ्रमणका लागि हात्तीको प्रयोग गर्ने गरिएको छ । हात्ती सफारी र जीप सफारीका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आउने गरेका छन् ।
पर्यटन व्यवसाय ठप्प हुँदा हात्तीलाई दाना, घाँस, परालको समेत अभाव भइरहेको व्यवसायीहरुले जनाएका छन् ।

























