Breaking News
नर्सको प्रश्नः कोरोनाका बिरामीको हेरचाह गर्नु पाप हो ?

मिना कँडेल उप्रेती-
म नारायणी सामुदायिक हस्पिटल (एनपीआई) को आईसीयू विभागमा कार्यरत नर्स हुँ । हिजो आज चितवनमा धेरै संक्रमित देखिएको सबैलाई अवगत नै छ । साथै नारायणी सामुदायिक हस्पिटलमा पनि दुई जनामा कोरोना संक्रमित देखिएको अवगत नै होला । हो म त्यहीँ आईसीयूमा कार्यरत नर्स हुँ । जहाँको बिरामीलाई कोरोना पोजेटिभ देखिएको थियो।
कोरोना (कोभिड–१९) को माहामारीमा संक्रमित बिरामीको उपचार गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो र मलाई गर्व छ, म नर्स हुनुमा साथै कोरोना पोजेटिभ बिरामीको सेवा गन पाउँदा निकै गौरवान्भित भएको छु । जसलाई मैले चार दिन सेवा गर्ने मौका पाए र हाल म पनि क्वारेन्टिनमा बसिरहेको छु ।
मेरो प्रश्न, ‘हाम्रो देश, समाजमा रहेका साघुँरो सोच रहेका मानिसका लागि के क्वारेन्टिन बस्नु मेरो रहर थियोे ? के नर्स हुनु नै ठूलो पाप हो ? केमा बसेर दिन रात नभनी आफनो ज्यान, बालबच्चा, घरपरिवारको वास्ता नगरी बिरामीको सेवामा लाग्ने स्वास्थ्यकर्मीलाई गरिने व्यवहार यही हो ? बाच्न सबैलाई पर्ने तर बचाउने कर्मचारीलाई समस्या पर्दा झन् सहानुभूति दिनु त परको कुरा उल्टै कुरा काट्दै हिड्ने हामा्े समाज देख्दा छि घिन लाग्छ । तेस्ता मानिस प्रति किन गर्नु हुन्छ यस्तो व्यवहार, छिछि दुरदुर र अपमान के कोरोना लागेको बिरामीको हेरचाह गनु पाप हो ? किन कुरा काट्दै, हल्ला गर्दै फलानोको बुहारीलाई, छोरीलाई त कोरोना लागेर पुलिसले समातेर लगयो रे के यो सब हल्ला फैलाउन र अर्काको घरमा चियोचर्चा गर्दै हिड्न जरुरत छ ? तपाइँहरूको यो बोलीले तो सानो अबोध बालकको दिमागमा,घरपरिवार, बा आमा मा कस्तो असर पर्ला एक पटक सोच्नु भयो ।
मलाई पनि त रहर छ घरमा आफनो बच्चासँग आनन्दले बस्न । म काम नपाएर तपाइँहरू जस्तो लखरलखर डुलेर अर्काको कुरा काट्दै हिडेर क्वारेन्टिनमा बसेको होइन आफनो जिम्मेवारी पूरा गर्न आफनो जीवनको प्रवाह नगरी बिरामीको सेवामा खटिँदै बस्नु पर्यो । यसमा म र मेरो परिवारको के दोष ? जुन हिम्मत र सहानुभुतिको हामीलाई जरुरत छ । त्यो सहानुभुति कहाँ पायौँ ? उल्टै गाली खानु पर्यो । के यही हो त एउटा नर्स प्रति गरिने व्यवहार ? जो बिरामीको सेवामा दिन रात नभनी खटिरहेका छौं, के उनीहरूलाई गर्ने व्यवहार यही होत ? त्यसरी नै हामीलाई तुच्छ व्यवहार गरिने हो र हाम्रो मनोबल नबढाउने र हामी बिरामीको सेवामा नलाग्ने हो भने कसले गर्छ तपाइँहरुको बिरामी को सेवा ? तपाइँहरुको यो व्यवहारले जुन चोट म र मेरो परिवारले सहनु पयौ माफ गर्ने छैन । सबै देख्नु भाछ भगवानले पालो आउँछ सबैको ।
यसैत लामो समयको खटाई, व्यक्तिगत सुरक्षा सामग्रीको अभाव, कोरोना भाइरस ट्रान्समिसनको डरले यसैत हाम्रो मानसिक स्वास्थ्यमा असर परिरहेको छ आज हामी डिप्रेसनको सिकार भइसकेका छौ । सक्नु हुन्छ, हौसला दिनुस्, सक्नुहुन्न म अनुरोध गर्छु दुव्र्यवहार र यातना नदिनुस् । मानव भएर मानव जस्तो व्यवहार गर्नोस् । अब देखि निःशुल्क सल्लाह कसैलाई दिने छैनौं । केही औषधि अनि स्वास्थ्य सम्बन्धी सुझाव लिनु परेमा आउनुहोला ।
मैले नबुझेको कुरा हामी स्वास्थ्यकर्मीहरु सरुवा रोगको भाँडो कसरी भयौँं ? हामी जीवन दिन्छौँ हैन र तर किन आजकल हामीलाई मृत्युदाता बनाइँदैछ ? हामी स्वास्थ्यकर्मी नै हौँ र कोरोनाको कारण ? किन बुझ्दैन मानिस कि यदि हामी नै नहुने हो भने भोलि उनीहरुको हेरबिचार कसले गर्छ ? हामीलाई आजको दिनमा झन हौसला दिनपर्ने ठाउँमा अपहेलित शब्दले प्रहार किन गरिन्छ ? आखिर हामी को त ? मृत्युदाता ?
धन्यवाद ।
























