स्वास्थ्य

पर्सामा तीनजना स्वास्थ्यकर्मीसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि

Banner

पर्सा,असार १-

पर्सामा तीनजना स्वास्थ्यकर्मीसहित थप १० जनामा सोमबार कोरोना संक्रमण देखिएको छ। पर्साको बिन्दवासिनी गाउँपालिकाको ३ स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। झौवास्थित क्वारेन्टाइनमा रहेका ६ जनामा, क्वारेन्टाइनमा खटिने ३ जना स्वास्थ्यकर्मी र क्वारेन्टाइनका लागि खाना पकाउने एक जनामा पनि संक्रमण देखिएको गाउपालिकाका स्वास्थ्य संयोजक नरेश चौहानले जानकारी दिए।

जेठ २६ गते १७ जनाको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए।बाँकी सन्क्रमितहरु भारतबाट फर्केकाहरु हुन। वीरगंजस्थित नारायणी अस्थाई कोरोना विशेष अस्पताल गण्डकको आइसोलेशनमा पठाउने तयारी भइरहेको संयोजक चौहानले बताए।

एकजना भने जिल्लाकै पटेर्वा सुगौली गाउपालिकाका पुरुषमा संक्रमण देखिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>