स्वास्थ्य
संक्रमित आमाहरुलाई बिना हिचकिचाहट सन्तानलाई दूध चुसाउन डब्लुएचओको आग्रह
०

काठमाडौँ, असार १-
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसबाट संक्रमित भएका आमाहरुले सन्तानलाई दूध चुसाउँदा संक्रमण नहुने जनाएको छ ।
डब्लुएचओले संक्रमित आमाहरुलाई बिना हिचकिचाहट सन्तानलाई दूध चुसाउन आग्रह गरेको छ ।
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले आफूहरुले अध्ययन गरेको र दूध चुसाउँदा बच्चामा कोरोना भाइरसको संक्रमण सर्ने प्रमाण नभेटिएको उनले बताएका छन् ।
उनले भनेका थिए, ‘अहिलेसम्म प्राप्त प्रमाणहरुका आधारमा आमाले दूध चुसाउँदा संक्रमण फैलिने देखिएको छैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















