Breaking News

माडी नगरपालिकाले उद्धारगरी ल्याएको बसमै आएका थिए भरतपुरका कोरोना संक्रमित

०
Banner

चितवन, असार १–

चितवनमा आज (सोमबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–१४ का ३६ वर्षीय पुरुष भारतबाट आएको खुलेको छ ।

ती व्यक्ति माडी नगरपालिकाले उद्धार गरी ल्याएको बसमै चितवन आएका थिए । उनलाई बसबाट सिधै भरतपुर–१४ स्थित शिवनगर माविको क्वारेन्टिनमा राखिएको थियो । वडा अध्यक्ष ओमप्रकाश पोखरेलले संक्रमित पुरुष माडी नगरपालिकाले भारतीय नाकाबाट उद्धार गरी ल्याएको बसबाटै आएको बताए । उनले भने–‘संक्रमित पुरुषगरी पाँच जना सोही बसबाट आएका हुन्, उनीहरु क्वारेन्टिनमै बसेकाले समस्या छैन ।’

भरतपुर महानगरपालिकाका कन्ट्याक्ट ट्रेसिङ प्रमुख केशव भट्टले ती संक्रमित पुरुष मुम्बईबाट आएको जानकारी दिए । उनका अनुसार ती पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ती पुरुषलाई थप उपचारका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको ट्रेसिङ प्रमुख भट्टले बताए ।

चितवनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । योसंगै कुल संक्रमितको संख्या ३६ पुगेको छ । कोरोना पुष्टि भएका मध्ये एक जना पुरुषको भने मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>