समाचार
राष्ट्रियता कसैको एकलौटी होइन, यसलाई कुनै भुभाग र समुदायलाई जोडेर हेर्न हुँदैन : राजेन्द्र महतो
०

काठमाडौं, जेठ ३१-
नेपालको संविधानको दोस्रो संशोधनका लागि अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको छ। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले आजको दिन ऐतिहासिक भएको बताएका छन् ।
‘आजको ऐतिहासिक बैठक हो । यस्तो दिनमा किन समय निर्धारण गर्ने? मनमा भएको कुरा बोल्न दिनुपर्छ। आजको बैठकमा नेपालको नक्साको प्रस्ताव राख्ने दिन हो’ महतोले भने ‘राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भुभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























