नवलपरासी

भारतबाट घर फर्किदै गरेका नवलपरासीका एक युवाको मृत्यु

Banner

नवलपरासी,जेठ २८-

नवलपरासीका एकजना युवकको भारतबाट घर फर्किदै गर्दा मृत्यु भएको छ। भारतको मुम्बईबाट रुपन्देहीको सीमावर्ती बजार सुनौली आइपुगेका नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा नं २ का अन्दाजी ३२ वर्षका युवाको मृत्यु भएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

उनले भारतबाट आउँदै गरेका ती युवा रुपन्देहीको सीमा बेलहिया नजिकै आइपुग्दा बेहोस भएर पल्टिएको र त्यहीँ मृत्यु भएको बताए। उनको शव भारतीय भूमिमै रहेको छ। उनको पीसीआर परीक्षण गरेर रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको काम अघि बढ्ने रुपन्देहीका प्रमुख जिल्लार अधिकारी महादेव पन्थले बताए।

उनका अनुसार भारतमै परीक्षण गरेर रिपोर्ट पोजेटिभ आएमा भने भारतमै शव व्यवस्थापन हुनेछ भने नेगेटिभ आएमा मात्रै नेपाल ल्याएर परिवारको जिम्मा लगाइनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>