अन्तर्राष्ट्रिय

भारतमा एकै दिन १० हजारभन्दा बढीमा कोरोना संक्रमण

Banner

काठमाडौं,जेठ २८-

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार २१८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ७६ हजार १४६ पुगेको हो ।

एकै दिन अरू २७७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार ७५० पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ३४ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>