Breaking News

नेपालमा थप दुई जनाको कोरोनाबाट मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो

Banner

काठमाडौं, जेठ २४–

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जेठ २१ गते र २३ गते मृत्यु भएका दुई जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता डा.देवकोटाका अनुसार डोल्पामा गत जेठ २१ गते राती २ बजे ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनको कर्णाली विज्ञान पतिष्ठानमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएको डा.देवकोटाले जानकारी दिए ।

यस्तै सेती प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी–४ की ५५ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । मिर्गौला रोगबाट पीडित ती महिलाको जेठ २३ दिउँसो डायलिसिस गर्दा गर्दै मृत्यु भएको थियो ।

लगत्तै ती महिलाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>