चितवन विशेष
विश्व वातावरण दिवसमा भरतपुरका बिभिन्न क्षेत्रमा बृक्षारोपण
०

चितवन,जेठ २३-
विश्व वातावरण दिवसको अवसर पारेर आज भरतपुरमा बृक्षारोपण गरिएको छ । भरतपुर महानगरपालिका परिसर र भरतपुर १२ को राइने चिल्ड्रेन पार्कमा बृक्षारोपण गरिएको हो ।
भरतपुर महानगरपालिकामा आयोजित बृक्षारोपण कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले वातावरण संरक्षण र विकासको काम संगसंगै लगिएको बताउनुभयो । उहाँले महानगरपालिकाले बृक्षारोपण कार्यक्रमलाई सधैं प्राथमिकतामा राखेको जानकारी दिनुभयो । यसै अवसरमा भरतपुर महानगरपालिकाका २९ वटै वडामा वोटविरुवा रोपिएको उहाँको भनाई छ ।

यस्तै राइनो चिल्ड्रेन पार्कमा गरिएको बृक्षारोप कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगाएतको सहभागिता रहेको थियो । सो पार्कमा ६ सय बढि विरुवा रोप्ने योजना बनाएको वडा नम्वर १२ का अध्यक्ष नरेन्द्र कन्दङवाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























