Breaking News

भरतपुर महानगरको तीन स्थानमा स्मार्ट शौचालय, निर्माण सुरु (फोटोफिचर)

Banner

चितवन, जेठ २३-

भरतपुर महानगरपालिकाका तीन सार्वजनिक स्थानमा ‘स्मार्ट’ शौचालय निर्माण थालिएको छ । मानिसको आवतजावत बढी हुने चौबिसकोठी, गोन्द्राङ र रामनगरमा शौचालय निर्माण थालिएको हो ।

आज (शुक्रबार) भरतपुर-१२ स्थित रामबेल सामुदायिक बनमा रहेको राइनो चिल्ड्रेन पार्क परिसरमा निर्माण हुने शौचालयको शिलान्यास गरिएको छ । बाग्मती प्रदेशका सांसद विजय सुवेदी र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त रुपमा स्मार्ट शौचालयको शिलान्यास गर्नुभयो ।

भरतपुर महानगरपालिका र प्रदेश सरकारको १ करोड २० लाखको लागतमा शौचालय निर्माण हुनेछ । निर्माणको जिम्मा ज्योति निर्माण सेवाले पाएको छ । ‘शौचालय सबै सुविधाले सम्पन्न हुनेछ, प्रदेशसभा सदस्य सुवेदीले भन्नुभयो’,यसले भरतपुरलाई झन् स्मार्ट राख्न मदत्त गर्नेछ ।’ उहाँले प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा भएका अधिकांस काम सफल भएको बताउनुभयो । उहाँले तोकिएको समयमा काम सम्पन्न गर्न निरन्तर अनुगमन र निगरानी गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भरतपुर महानगरको प्रवेश विन्दुमा रहेको राइनो पार्कले महानगर झल्कने भएकाले यसलाई आकर्षक र आधुनिक बनाउन लागिएको जानकारी दिनुभयो । पार्कले महानगर र सामुदायीक बनको आयश्रोत समेत बढाउने उहाँको भनाई छ ।

पाँचौ नगरसभाबाट निर्णय गरेर प्रदेश सरकारसंगको साझेदारीमा शौचालय निर्माण गर्न लागिएको महानगर प्रमुख दाहालले बताउनुभयो । उहाँले राइनो पार्कको डिपिआर तयार भइसकेको र २ करोड ५० लाखको लागतमा पार्क निर्माणको स्टीमेट तयार भएको जानकारी दिनुभयो । ‘एक वर्षमा पार्कको स्वरुप फेरिएको छ, यो इको पार्क भएकाले यसले बजारका मानिसलाई नजिकै भूल्ने स्थान बन्नेछ’,उहाँले भन्नुभयो ।

उहाँले समयमै गुणस्तरीय शौचालय निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । महानगरको विकास र संमद्धी नै आफ्नो चाहाना भएकाले त्यसैमा ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो ।

शौचालयमा महिला र पुरुषको छुट्टाछुट्टै कोठासंगै अपाङग मैत्री समेत हुने महानगरकी आर्किटेक इन्जिनियर अस्मिता खनालले जानकारी दिनुभयो । उहाँले शौचालयको बाहिरी क्षेत्रमा स्मार्ट कार्ड कक्ष रहने र त्यहाँ क्वाइन खसालेर शौचालय प्रवेश गर्न सकिने बताउनुभयो । ३३/२२ फिटमा बन्ने शौचालय आकर्षक बन्ने उहाँको भनाई छ ।

वडाध्यक्ष नरेन्द्र कन्दङवाले करिब १० विगाहा क्षेत्रफलमा पार्क निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले एक करोडको लागतमा कम्पाउण्ड निर्माणको काम सम्पन्न भइसकेको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशी,महानगरका प्रवक्ता अरुणपिडित भण्डारी लगाएतको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>