Breaking News

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा थप दुई जनामा संक्रमण पुष्टि, जिल्लामा संक्रमितको सङख्या १७ पुग्यो

Banner

बिकास अधिकारी,

परासी जेठ २२-

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालीकामा थप दुई जनामा आज बिहिबार कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मात्रै ७ जना कोरोना संक्रमित भेटिएको पाल्हीनन्दनमा आज थप दुई जनामा संक्रमण पुष्टि भएको हो । भैरहवा स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा दुई पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिुनभयो ।

संक्रमित मध्ये वडा नम्बर १ का २१ वर्षिय र वडा नम्बर ४ का ३२ वर्षिय पुरुष रहेका छन् । क्वारेन्टाईनमा रहेका उनिहरुमा केहि दिन अगाडी गरिएको परिक्षणका क्रममा आरडिटि पोजेटिभ देखिएको थियो । संक्रमित दुवै जना भारत बाट आएको बताईएको छ ।

उनिहरु कसरी आए र क्वारेन्टाईनमा जानु अगाडी कसैको सम्र्पकमा आए आएनन् भन्ने बार कन्ट्रयाक ट्रेसिङ्ग गरेपछि खुल्ने ढकालले बताउनुभयो । संक्रमितलाई पाल्ही लोहरौलिमा रहेको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमै राखिने छ । यस संगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको सङख्या १७ पुगेको छ । सुनवल नगरपालीका बाहेक जिल्लाका सबै स्थानिय तहमा संक्रमित भेटिएका छन् । संक्रमित मध्ये प्रतापपुर र सुस्ताका तिन जना भने कोरोना मुक्त भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>