नवलपरासी

मलेसियाको विमानस्थलमै अड्किएका नवलपरासीका प्रीतम ७० दिनपछि नेपाल आए

Banner

नवलपरासी, जेठ २२–

नवलपरासीका प्रीतम दर्लामी ७० दिन पश्चात मलेसियाबाट नेपाल आइपुगेका छन् ।

मलेसियाको विमानस्थल (टर्मिनल) भित्रै ७० दिनदेखि प्रतीरक्षारत दर्लामीलाई उद्धार गरी बुधबार नेपाल ल्याइएको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का कर्मचारी लैजान चार्टर गरिएको मलेसियन एयरलाइन्सको जहाजमा उनलाई नेपाल पठाइएको हो । बुधबार दिउँसो साढे ३ मा त्रिभुवन विमानस्थलमा आइपुगेका प्रीतमलाई नेपाली सेनाले कीर्तिपुरस्थित क्वारेन्टाइनमा राखेको छ ।

‘७० दिनदेखि एक्लै विमानस्थलको टर्मिनलमा बस्दा दर्लामीको स्वास्थ्य अवस्था बिग्रिसकेको थियो । सिंगापुर एयरलाइन्समार्फत नेपाल जान प्रीतम विमानस्थलभित्र पुगेका थिए । दूतावासका अनुसार मलेसियाबाट स्वदेश फिर्न चाहने नेपालीको संख्या झन्डै ६ हजार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>