Breaking News
लकडाउनको स्वरूप फेर्नेबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
०

काठमाडौं, जेठ २२-
लकडाउनको स्वरूप (मोडालिटी) परिवर्तन गर्नेबारे छलफल गर्न आज (बिहीबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक अपराह्न चार बजे बस्दै छ ।
स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको र व्यापारीहरूले लकडाउन उल्लङ्घन गर्दै पसलहरू खोल्न थालिसकेकाले मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।
लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएपछि र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाब छ ।
चैत ११ देखि देशभर लागू लकडाउन पछिल्लो समय थपिएको अवधिअनुसार यही जेठ ३२ गते सकिँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























