चितवन विशेष

नारायणी नदी किनारमा टायल बिछयाउने काम रोकियो

Banner

चितवन,जेठ २०-

नारायणी नदी किनारमा पैदल हिँड्ने बाटो (वाकिङ पाथ) निर्माणको काम रोकिएको छ । निर्माण सुरु नहुँदै विवादमा परेको टायल बिछयाउने (वाकिङ पाथ) काम अन्ततः रोकिएको हो । नदी किनाराको माथिल्लो भागमा ४२५ मिटर लम्बाइ र २.५ मिटर चौडाइ रहने गरी मोजाइक टायल बिछ्याएर वाकिङ पाथ बनाउन थालिएको थियो । तर यो काम सुरु हुँदादेखि नै विवाद बढेको थियो । भरतपुर महानगरपालिका वडा नम्वर १ ले निर्माणको काम वडाको सहमती र समन्वय विना सुरु गरेको भन्दै विज्ञप्ती मार्फत नै विरोध जनाएको थियो ।
उपभोक्ता समितिका संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले काँग्रेस निकटका युवाहरुको अवरोधका कारण निर्माणको काम रोकिएको बताए । उनले भने,‘सोमवार २५/२६ जना युवाहरु आएर निर्माणको काम रोक्न भनेका छन्, यस्तो अवस्थामा काम अघि बढ्न सक्दैन् ।’ पुरानो निर्माण समिति भङग गरेर नयाँ निर्माण समिति गठन गर्न उनिहरुले माग गरेको प्रधानले बताए ।

‘समितिका विषयमा वडाध्यक्षले असहमी जनाएपछि पुनः वडाकै रोहबरमा भेला बोलाएर सहमती गरेका थियौं, तर फेरी त्यही कुरा निकालेर बखेडा झिकिएको छ’, उनले भने । ‘गल्ती स्वीकार गरेर अघि बढेका हौं, भ्रष्टाचार र अनियमितता भएको छैन, प्रधानले भने, बखेडा झिक्ने काम मात्र गरिएको छ ।’ उनले भरतपुर महानगरपालिका र वडाले समन्वय गरेर काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

भरतपुर महानगरपालिकाको ७७ लाख ३ हजार ७ सय ४९ र उद्योग वाणिज्य संघ चितवनको २० लाख गरी ९७ लाख ३ हजार ७ सय ४९ रुपैयाँको लागतमा टायल बिछ्याउन सम्झौता गरिएको हो । महानगरले दिने ७७ लाखमध्ये ५० लाख नगर परिषदबाट छुट्टाएको रकम हो भने २७ लाख ३ हजार ७ सय ४९ रुपैयाँ महानगरको विषेश आकस्मिक कोषबाट खर्च गर्ने गरी दिने निर्णय गरिएको छ ।

मोज्याक टायल लगाउनका लागि महानगरपालिकाका इन्जिनियरले कुनै एक कम्पनीलाई काम जिम्मा लगाउने गरी उसकै स्वीकृत दररेट राखेर इस्टिमेट गरिएको छ । नवलपरासीको रामग्राम–१६ मा रहेको एसियन कन्क्रिटोले पेश गरेको जिल्ला दररेटका आधारमा इस्टिमेट तयार पारेको देखिन्छ । सो कम्पनीको चितवन बिक्रेता ओम सञ्जीवनी कंक्रिटो कन्सर्नलाई काम दिन मिल्ने गरी विना मितिको लागत स्टिमेट तयार गरेको पाइएपछि विरोध भएको हो ।

तर भरतपुर महानगरका डिभिजनल इन्जिनियर रत्न लामिछानेले इस्टिमेट बनाउँदा कुनै एक कम्पनीलाई हुने गरी नबनाएको दाबी गरे । डिपिआर निर्माण नगरी टायल बिछयाउने काम सुरु गरिएको भन्दै बिरोध भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>