Breaking News
कमलादीबाट भिआइपी जुवाडे पक्राउ, २ लाख ७७ हजार नगदसहित १ सय ७९ वटा सिक्का बरामद

काठमाडौं, जेठ २०–
नेपाल प्रहरीले काठमाडौंबाट लकडाउनका वेला जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट छापा मार्न खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहाल नेतृत्वको टोली अहिले यही रकममाथि केन्द्रित भएर अनुसन्धानमा जुटिरहेको छ ।
कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेको अवस्थामा व्यापारिक घरानाका व्यक्तिहरु रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाई पक्राउ परेका हुन् ।
रामचन्द्र सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका एमडी हुन् भने निक्की होटल सन्चालक हुन् । प्रहरीले उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइन बरामद गरेको छ ।
घटनास्थलबाट १ सय ७९ वटा सिक्का बरामद भएको छ । प्रहरीले छापा हानिहाले थोरै रकम मात्र बरामद होस् भनेर यो शैली अपनाइएको प्रहरी अधिकृतको भनाइ छ ।
























