Breaking News

पश्चिम नवलपरासीमा संक्रमित थपिए, रामग्रामका एक युवकमा कोरोना पुष्टि

Banner

बिकास अधिकारी,

परासी जेठ २०-

पश्चिम नवलपरासीमा मंगलबार बिहानै थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामग्राम १७ का २२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । संक्रमित व्यक्ति भारत बाट आएको र उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनि आर्दश मावि परासीको क्वारेन्टाईनमा थिए भारतको युपि सितापुर बाट यहि जेठ १ गते नेपाल आएका उनि जेठ ३ गते क्वारेन्टाईनमा पुगेका थिए । दुई दिन कहाँ बसे र थप को संग सम्र्पक गरे भन्ने बारे अनुसन्धान भईरहेको प्रमुख ढकालले बताउनुभयो ।

यस संगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको सङख्या ७ पुगेको छ । जस मध्ये रामग्राममा मात्रै ३ जना संक्रमित पुगेका छन् । यस अघि रामग्राममा वडा नम्बर ३ र १८ का दुई जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित मध्ये प्रतापपुर र सुस्ताका तिन जना भने भिम अस्पताल भैरहवा बाट कोरोना मुक्त भएर सोमबार घर फर्किएका छन् । जिल्लामा सोमबार मात्रै सरावलका एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । उनलाई उपचारका लागी भैरहवा स्थीत भिम अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै जादा लकडाउन कार्यान्वयन भने फितलो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>