Breaking News
कोरोनाले भारतमा ५६ सय जनाको मृत्यु, प्रभावित मुलुकको सूचिमा ७ औँ स्थानमा
०

एजेन्सी,जेठ २०-
भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो । एकै दिन ७ हजार ७६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । वर्ल्डोमिटर्सको मंगलबार बिहान साढे ५ बजेसम्मको तथ्यांकानुसार १ लाख ९८ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९५ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।
यसैबीच कोरोना प्रभावित मुलुकहरूको सूचिमा भारत ७ औँ स्थानमा परेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























